क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

आजभोलि

काठमाडौं। क्रोएसिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको आराेपमा एक युवक पक्राउ परेका छन् । मोरङ मिक्लाजुङ गाउँपालिका–९ घर भएका २९ वर्षीय साहिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको अभियोगमा बस्नेतलाई प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीमा क्रोएसियाको कम्पनीमा मासिक १ लाख भन्दा बढी कमाई हुने गरी बस्नेतले फुडप्याकिङको काम लागइदिन्छु भन्दै पीडितहरुबाट रकम ठगी गरेको उनीमाथि आराेप छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले  उनलाई पक्राउ गरेको छ । बस्नेतले प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरुबाट उक्त रकम ठगी गरेको खबर वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

  • ११ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !