ऐतिहासिक पुङ्गजी गुम्बामा आगलागी, ३० करोडभन्दा बढीको क्षति

आजभोलि

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका(२ ल्होस्थित हिनाङ्गमा रहेको करिब दुई सय वर्ष पुरानो पुङ्गजी गुम्बा आगलागी भएको छ ।

आगलागीबाट गुम्बा जलेर पूर्ण रुपमा ध्वस्त भएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आर्चायले जानकारी दिए । आज बिहान गण्डकी प्रदेशका प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपाने सहितको टोली हेलिकप्टरमार्फत त्यहाँ पुगेर आगलागीबाट क्षतिग्रस्त गुम्बाको स्थलगत अवलोकन गरेको उनले बताए ।

मंगलबार अपराह्न करिब ४ बजेदेखि गुम्बामा आगलागी भएको अनुमान गरिएको प्रजिअ आचार्यको भनाइ छ । आगलागीबाट मन्दिरभित्र रहेका सबै मूर्ति, ऐतिहासिक ग्रन्थहरुका साथै ताम्रापत्रहरु जलेर नष्ट भएका छन् । उक्त गुम्बा गएको वर्ष मात्रै पुनः निर्माण गरिएको थियो ।

अनुगमन टोलीमा सहभागी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार खनालले सोलारका लागि प्रयोग भएको तारमा सर्ट भएपछि गुम्बामा आगलागी भएको हुनसक्ने अनुमान गरिएको बताए । ऐतिहासिक तथा पुरातात्विक हिसाबले अति महत्वपूर्ण मानिएको उक्त गुम्बामा भएको आगलागी स्थानीयको सहयोगमा गए राति अबेर नियन्त्रणमा आएको उनको भनाइ छ ।

गुम्बामा भएको आगलागीका कारण ३० करोड रुपैयाँभन्दा बढीको क्षति भएको हुनसक्ने गोरखा क्षेत्र नं १ ९१० का प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपानले जानकारी दिए । उनले सदरमुकाम फर्किएलगत्तै आगलागीका बारेमा सङ्घीय र प्रदेश सरकारलाई जानकारी गराउने र पुनःनिर्माणका लागि पहल गर्ने बताए । समुन्द्र सतहबाट तीन हजार तीन सय मिटर उचाइमा रहेको सबै सामान जलेर नष्ट भएको पाइएको प्रहरीले जनाएको छ ।

  • ११ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !