नालामा तैरिँदै गरेको अवस्थामा सडेको शव फेला

आजभोलि

काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक पुरुषको शव सडेको अवस्थामा फेला परेको छ । पालिकाको वडा नम्बर २ मा पर्ने बौनियाँ नालामा तैरिँदै गरेको अवस्थामा शव फेला परेको हो ।

शव पालिकाको वडा नम्बर २ का ४१ वर्षीय सुकै चौधरीको रहेको इलाका प्रहरी कार्यालय बौनियाँले जनाएको छ । प्रहरीका अनुसार उनी माघ ३ गतेदेखि बेपत्ता थिए । उनको खोजीका लागि आफन्तले माघ ५ गते बौनियाँ प्रहरीमा निवेदनसमेत दिएका थिए । बिहीबार बिहान उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

मादक पदार्थ सेवन गर्ने र मानसिक सन्तुलन ठिक नभएको भनेर निवेदन आएको प्रहरीको भनाइ छ ।

  • १२ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !