हिमपातले नाग्म-गमगढी सडक अवरुद्ध

आजभोलि

मुगु । हिमाली जिल्ला मुगुमा पहिलो पटक परेको भारी हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म-गमगढी सडक अवरुद्ध हुँदा स्थानीयवासीसँगै यातायात व्यवसायीलाई सास्ति भएको छ ।

यही माघ १० गते भएको भारी हिमपातले नाग्म-गमगढी सडक अवरुद्ध भएको हो । कर्णाली राजमार्गअन्तर्गत रहेको सो सडक अवरुद्ध भएको आज दुई दिन भएको छ ।

सो सडकको जुम्लादेखि मुगुको घुच्ची पिनासम्म सडकमा झन्डै दुई फिट भन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको हो । मुगु र जुम्ला जोड्ने सीमा क्षेत्र बुलेबुले र घुच्ची लेकमा  बाक्लो हिउँ जमेको छ ।

घाम लागेको खण्डमा दुई दिनभित्र सडक सञ्चालन हुन सक्छ । तत्काल भने सडक खुल्ने सम्भावना देखिएको छैन । सडक अवरुद्ध भएपछि जुम्ला र मुगुको आवतजावतमा समस्या भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार पहिले जस्तो हिउँ जमेको छैन । दुई चार दिनमै घाम लाग्यो भने सडक सुचारुमा आउने उनको भनाइ छ ।

जुम्ला हुँदै मुगु राराताल आउने  छोटो पर्यटकीय मार्ग जुम्ला उर्थु  पटमारा कार्वा  बुलबुले जोड्ने सडक पनि अवरुद्ध भएको छ ।

उक्त सडक अवरुद्ध भएपछि छोटो मार्ग भएर मुगु जाने आन्तरिक पर्यटक र स्थानीय प्रभावित भएका छन् । माघ १० गते परेको हिमपातले मुगु लगायत कर्णालीका माथिल्ला जिल्लाका उच्च स्थानमा हिमपात भएको थियो ।

  • १२ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !