दाजुको स्मृतिमा माझी र राजवंशीलाई घर

आजभोलि

बनियानी । समाजसेवी दिनबन्धु गोयलले दाजु स्वर्गीय ओमप्रकाश गोयलको स्मृतिमा माझी र राजवंशी समूदायका १२ परिवारलाई घर निर्माण गर्ने भएका छन् । उनले झापाको भद्रपुर नगरपालिका–६ मा बसोबास गर्ने १० माझी र दुई राजवंशी परिवारका लागि घर निर्माण सुरु गरेका हुन् ।

आज एक कार्यक्रमकाबीच भद्रपुर नगरपालिका नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की  र नगरपालिका(६ का वडाध्यक्ष रतिया राजवंशीलगायतले घरको शिलान्यास गरे। कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पोखरेलले विपन्न समुदायको घर निर्माण सुखद भएको बताउँदै दाताप्रति आभार व्यक्त गरे।

“भद्रपुरको शैक्षिक क्षेत्रमा उहाँले धेरै काम गर्नुभएको छ”, उनले भने,“सामाजिक कार्यमा पनि उहाँ निरन्तर सक्रिय हुनुहुन्छ ।” उपप्रमुख कार्कीले सबै नागरिकले आ(आफ्नो ठाउँबाट सकेको सामाजिक कार्य गर्नुपर्नेमा जोड दिए ।

टिनको छाना भएका दुई कोठा बरण्डासहितको घरको लागत प्रतिघर रू पाँच लाख पर्ने भद्रपुर वडा नं ६ का वडा सचिव हरिप्रसाद चम्लागाईंले जानकारी दिए । कार्यक्रममा वडाध्यक्ष राजवंशीले घर निर्माण भए पनि शौचालय र शुद्ध खानेपानीको अभाव भएकाले सोको व्यवस्था गर्न नगरप्रमुखसँग आग्रह गरे ।

कार्यक्रममा दाता परिवारका तर्फबाट विनय गोयल, भद्रपुर नगरपालिका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर–४ का वडाध्यक्ष हङ्शधर राजवंशी, कार्यपालिका सदस्य सन्ध्याकुमारी डङ्गोल, टोल विकास संस्थाका अध्यक्ष महललाल राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

  • १२ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !