पत्रकार पौडलप्रति श्रद्धाञ्जली

आजभोलि

काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएका प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलसहित सबै मृतकको सम्झनामा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

प्रेस सेन्टर नेपाल रासस शाखाले पौडेलको १३औँ पुण्य तिथिका सन्दर्भमा केन्द्रीय कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा पत्रकार तथा कर्मचारीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेएका थिए ।

कार्यक्रममा राससका कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वध्यक्ष धर्मेन्द्र झाले पत्रकार स्व. पौडेलको स्मरण गर्दै उनी बहुआयामिक व्यक्तित्व भएको बताए । नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्दोलनमा पौडेलको भूमिका महत्वपूर्ण रहेको जनाउँदै उनको निधनबाट अपूरणीय क्षति भएको बताए ।

प्रेस सेन्टर रासस शाखाका अध्यक्ष रत्नकृष्ण श्रेष्ठ, नेपाल कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय लगायतले पत्रकार पौडेलसहित सबै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेएका थिए ।

यही माघ १ मा काठमाडौँबाट पोखराका लागि उडान गरेको यती एयरलाइन्सको विमान पोखराको सेती खोँचमा दुर्घटना हुँदा ७१ जनाको मृत्यु भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात छ ।

  • १३ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !