आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको सम्झनामा खोटाङमा र्‍याली

आजभोलि

खोटाङ। स‌ंघीय  संसद भवन नजिकै आत्मदाहको प्रयासका क्रममा ज्यान गुमाएका इलामका प्रेमप्रसाद आचार्य र आत्महत्या गरेका सप्तरीका रामदेव मरिकको सम्झना र सम्मानमा खोटाङमा शान्तिपूर्ण र्‍याली निकालिएकाे छ । वर्तमान राज्यको गलत व्यवस्थाको कारण आचार्य र मरिकलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै स्वतन्त्र खोटाङ्गे प्रगतिशील एवं उद्यमी युवाहरूले आइतबार दिक्तेलबजारमा शान्तिपूर्ण र्‍याली निकालेकाे हो ।

दिक्तेलको किरातचोक रत्नपार्कदेखि त्रिवेणीचोक हुँदै भवनगैरासम्म र्‍याली निकालिएकाे थियाे । देशलाई बस्न लायक, आत्मनिर्भर र उत्पालनशील बनाउँदै ‘स्वदेशमै केही गर्छु’ भन्ने युवाका लागि अनुकुल वातावरण निर्माणको माग गर्दै र्‍याली निकालिएकाे र्‍यालीकाे नेतृत्व गरेका पारस बिराटले बताए ।

‘नेपाली समाजमा प्रेमप्रसाद र रामदेवजस्ता कैयौं पात्रहरु छन् भन्ने हेक्का राज्यलाई छ कि छैन ? एउटा युवा देशको विधायीका निर्माण गर्ने ठाउँमा नागरिक जल्दैगर्दा यो व्यवस्थालाई किन पोल्दैन ? स्वरोजगार, स्वावलम्बी र आर्थिक विकासमा सरकारले पहल गर्नु पर्दैन ?,’ उनले भने, ‘समग्र युवालाई रोजगारीको सुनिश्चितता होस् । युवापंक्तिको पलायन मानसिकता अन्त्या गरी सरकारले आफ्नो कार्यसम्पादन गरोस् भन्ने अपेक्षा छ ।’

स्वतन्त्र खोटाङ्गे प्रगतिशील एवं उद्यमी युवाको शान्तिपूर्ण प्रदर्शन जिल्ला समन्वय समितिको प्रांगणमा पुगेर कोणसभा गर्दै टुंग्याइएको थियो । कोणसभाका क्रममा आचार्य र मरिकको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण गरिएको थियो ।

यसैबीच, प्रेमप्रसाद आचार्यको २५ बुँदे माग कार्यान्वयनको माग गर्दै स्वतन्त्र खोटाङ्गे प्रगतिशील एव‌ उद्यमी युवाले सरकारलाई ज्ञापन–पत्र पठाएका छन् । शान्तिपूर्ण प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमक्ष ज्ञापनपत्र पठाउँदै उनीहरुले देशलाई बस्नलायक बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

  • १५ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !