बझाङ जिल्लाको शान्ति सुरक्षाको व्यवस्था नागरिकले महसुस गर्ने गरी गर्छु : प्रजिअ पाण्डे

आजभोलि

अर्थ जङ्ग शाही
बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्लाको शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने बताएका छन् ।

केही दिनअघि जिल्ला प्रशासन कार्यालय बझाङमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाको शान्ति सुरक्षाको व्यवस्था नागरिकले महसुस गर्ने गरी कायम गर्ने बताएका हुन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय बझाङमा पत्रकारसंँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाको शान्ति सुरक्षाको विश्वासनीयतासँगैै सुशासन कायम गर्न आफू सधै लागि पर्ने बताए । आफुले अन्य जिल्लाहरुमा पनि प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेकाले जिल्लाको सम्रग विकासका लागि आफूले सबैको साथ सहयोग पाउने प्रमुख जिल्ला अधिकारी पाण्डेले विश्वास व्यक्त गरेका छन् ।

अधिकारी पाण्डेले बझाङ जिल्लालाई शान्ति सुरक्षा एवंम सुव्यवस्थीत बनाउन ‘हाम्रो सान, हाम्रो बझाङ’ भन्ने आफुले संङ्कल्प लिएको बताए । उनले कालो बजारी, अपराध र भ्रष्टाचार आफुले शुन्य सहनशिलतामा राखेको भनाई छ ।

ताक्लाकोट नाकाको विषय, वजार अनुगमन, कर्मचारी अनुगमन, यातायात व्यवस्थापन लगायतका क्षेत्रको सुधारको योजनालाई आफूले विशेष तरिकाले अगाडि बढाउने समेत प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । साथै उक्त अन्तरक्रिया कार्यक्रममा सहभागि पत्रकारहरुले पनि जिल्लाको शान्ति सुरक्षा सुव्यवस्थीत बनाउने विषयमा आ–आफ्ना सुझावहरु दिएका छन् ।

No description available.

  • १७ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !