घरेलु हिंसासम्बन्धी कानुनमा एकरुपता ल्याउन जोड

आजभोलि

काठमाडौं । समाजमा विद्यमान घरेलु हिंसा न्यूनीकरणका लागि घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ र नियमावली २०६७ को कार्यान्वयनमा एकरुपता र थप प्रभावकारिता ल्याउनुपर्नेमा जोड दिइएको छ । घरेलु हिंसाको उजुरी सुनुवाई तथा मेलमिलाप सीप विकास विषयक एक दिवसीय गोष्ठीका वक्तले कानुन कार्यान्वयनमा रुकरुपता ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

गोष्ठीमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा मातहतका जिल्ला तथा ईलाका प्रहरी कार्यालयका महिला बालबालिका र ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत ४० प्रहरी कर्मचारीहरूको सहभागिता थियो । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले गोष्ठीले घरेलु हिंसाजन्य घटनाको मेलमिलाप गराउने प्रक्रियासम्बन्धी अनुभव आदानप्रदान गरी कानुनीसम्बनधी नवीनतम आयामहरूको सिकाइबाट कार्य प्रभावकारिता बढ्ने विश्वास व्यक्त गरे ।

घरेलु हिंसाको मेलमिलाप गर्ने प्रक्रियामा पीडितका सम्पूर्ण पीडालाई प्रहरीले सुनिदिनुपर्ने र पीडितलाई संरक्षण गरी परम्परागत मेलमिलापसम्बन्धी तौर तरिकामा परिवर्तन गरी पक्षहरू बीचको विवाद समाधानको स्थायी विकल्प पहिचान गरी परामर्श प्रदान गर्नुपर्ने उनले बताए । सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिलाउन सके मात्र प्रहरीलाई अनुसन्धानको श्रेय मिल्ने र प्रहरी संगठनप्रति विश्वासको वातावरण सिर्जना हुने उनको भनाइ छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक खडकबहादुर खत्रीले गोष्ठीका सहभागीलाई गण्डकी प्रदेशमा घरेलु हिंसाको अवस्था र यसको नियन्त्रणका लागि गरिरहेको प्रयासका विषयमा जानकारी गराए । गोष्ठीमा सहभागीलाई समाजमा भइरहेका घरेलु हिंसा, उजुरी लिदा प्रहरीले ध्यान दिनुपर्ने कुरा, अनुसन्धान, पीडितको संरक्षण, मेलमिलाप र सञ्चार सीप तथा अभियोजनका विषयमा जानकारी गराइएको थियो ।

  • १७ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !