‘मेमोरी किङ’ अर्पण शर्मासहित तीन प्रतिभा पुरस्कृत

आजभोलि

काठमाडौं । स्मरण शक्तिमा विश्व कीर्तिमानी (मेमोरी किङ) अर्पण शर्मासहित तीन फरक विधाका प्रतिभालाई लाल भागिरथा बानियाँ प्रतिष्ठान झापाले पुरस्कृत गरेको छ ।

सामाजिक क्षेत्रमा प्रेरक व्यक्तित्वलाई विगत चार वर्षदेखि प्रतिष्ठानले नगद रु ३१ हजारसहित सम्मान गर्दैै आएको छ । आज सम्मानित हुनेमा मेमोरी किङ अर्पण शर्मा, असल गृहिणीका रुपमा दुर्गादेवी काफ्ले र उत्कृष्ट कृषक मञ्जुल मेचे छन् ।

प्रतिष्ठानले रु १० लाखको अक्षयकोष नै स्थापना गरेर प्रत्येक वर्ष अग्र्यानिक तथा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका जिल्लाकै उत्कृष्ट किसान, ज्येष्ठ नागरिकको हेरचाह गर्ने असल गृहिणी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्न सफल व्यक्तिलाई पुरस्कृत गर्दै आएको संस्थाका अध्यक्ष हरिचरण बानियाँले बताए ।

पुरस्कृत तीन जनालाई मेची नगरनगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगद रु ३१ हजारसहित सम्मान गरेका छन् । ्कार्यक्रममा बागमती प्रदेशका पूर्वप्रदेश प्रमुख विष्णु प्रसाई, सम्मानित शर्मा, प्रतिष्ठानका सदस्य मोहन काजी, समाजसेवी शिव पौडेल, डिल्ली खतिवडा, हरिनारायण भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

  • १७ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !