आत्मदाह घटनाबारे न्यायिक आयोग गठनको माग

आजभोलि

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा केही दिनअघि नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनाको सम्बन्धमा छानबिन गर्नुपर्ने माग उठेको छ ।

प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वालाले आचार्यको आत्मदाहको घटनाका बारेमा छानबिन गर्न न्यायिक आयोग गठनको माग गरे ।

यसैगरी, जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादवले आचार्यको आत्मदाहको विषयमा संसद्मा केही विशेष प्रस्ताव आउनुपर्नेमा आउन नसक्नु दुःखद् भएको भनाइ राखे । बैठकमा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठले निर्दोष थारु बन्दीका लागि आफ्ना पार्टीले निरन्तर आवाज उठाए पनि रिहाइ हुन नसकेको दुःखेसो गरे ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले वीर अस्पतालमा आइसियु शय्या नभएर जनताले निजी अस्पतालमा चर्को मूल्य तिर्न बाध्य भएको हुँदा उक्त अस्पतालमा आइसियुको शय्या थप गर्न आग्रह गरे । स्वतन्त्र सांसद प्रभु साहले कालोबजारी नियन्त्रण गर्ने, नापतौल हेर्ने र गुणस्तर कायम गर्ने निकाय भए पनि त्यसको काम प्रभावकारी हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए।

  • १८ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !