अब मोटरसाइकलमा पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने

आजभोलि

काठमाडौं । अब दुईपांग्रे सवारी साधन (मोटरसाइकल, स्कुटर)को पछाडि बस्नेले पनि हेल्मेट लगाउनु पर्ने भएको छ । सरकारले फेरि मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गरेको हो ।

यसअघि पटक–पटक लागू गर्न खोज्दा पनि सफल हुन नसकेको नियमलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुनः ब्युँताउन लागेको हो । मोटरसाइकल यात्रालाई सुरक्षित र दुर्घटनामा क्षति कम गर्नेबारे भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुखहरूसँग हिजो छलफल गरेका थिए ।

छलफलमा मन्त्री श्रेष्ठले मोटरसाइकलको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउन जरुरी रहेको बताए । कहिले र कसरी लागू गर्ने भन्ने विषय चुनौतीपूर्ण रहेको भन्दै मन्त्री श्रेष्ठले यो नियम कार्यान्वयन गर्न पहिला जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख डिआइजी मीरा चौधरीले यसअघि यो नियम कार्यान्वयन गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै कमिसन खाएको आरोप लागेपछि कार्यान्वयन नभएको बताएकी थिइन् ।

नेकपा (एमाले सचिव योगेश भट्टराईले विदेशतिर पनि पछाडि बस्नेले हेल्मेट लगाउने गरेको तर्क गरेका थिए ।

 

  • १८ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !