अत्यधिक रक्तस्रावका कारण सुत्केरीको निधन

आजभोलि

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा सुत्केरीको मृत्यु भएको छ ।

सोताङ गाउँपालिका–५ की ३० वर्षीया गंगा बस्नेतको अत्यधिक रक्तस्रावका कारण ज्यान गएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।

स्रोतका अनुसार बिहीबार दिउँसो सोताङ प्राथमिक अस्पतालमा अप्रेशनमार्फत छोरालाई जन्म दिएकी बस्नेतको रक्तस्राव नरोकिएपछि जिल्ला अस्पताल फाप्लु ल्याउँदै गर्दा बाटोमै निधन भएको हो ।

अप्रेशनपछि तत्काल नै रगत चाहिँदा रगत अभावपछि सोताङ प्राथामिक अस्पतालले जिल्ला अस्पताल फाप्लु रेफर गरेको थियो।

गतराति १० बजे सुत्केरीलाई जिल्ला अस्पतालमा ल्याइए पनि उनको मुत्यु भइसकेको अस्पतालले जनाएको छ। शिशुको अवस्था भने सामान्य रहेको छ।

  • २० माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !