थारू साहित्य सम्मेलनः विकासमा बरघरको खोजी

आजभोलि

राँझा । नेपालगञ्ज–बाँकेको राप्ती सोनारी गाउँपालिकामा जारी थारू राष्ट्रिय साहित्य सम्मेलनमा विकासमा बरघरको भूमिका खोजी गरिएको छ । सहरदेखि टाढा राप्ती सोनारीको फत्तेपुर गाउँमा शुक्रबारदेखि सुरु भएको साहित्य सम्मेलनमा आज विकासमा बरघरको भूमिकामा छलफल गरिएको हो ।

थारू अगुवा अग्रज सञ्चारकर्मी एकराज चौधरीले उठान गरेको विकासमा बरघरमा बारबर्दिया नगरपालिकाका पूर्व नगरप्रमुख दुर्गाप्रसाद चौधरीले समूह टिप्पणी गरेका थिए । उनले बरघर परम्परा लाकतान्त्रिक परिपाटीमा आधारित रहेको उल्लेख गर्दै थारू समुदायमा यसको महत्व सधैँ रहिरहेको बताए ।

साहित्य सम्मेलनमा राप्ती सोनारीमा विकासको प्राथमिकता, आदिवासी भाषा दशक, आख्यानमा थारू जीवन, बाँकेमा थारू साहित्यको अवस्थाका विषयमा पनि समूहगत छलफल भएको थारू लेखक सङ्घका केन्द्रीय सदस्य सोम डेमनडौराले बताए ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा थारू साहित्यको समकालीन अवस्थाबारे अन्तरसंवाद, सिर्जनात्मक लेखनको खोजी, थारू मानक भाषा लेखन, संस्कृतिको वेषभूषाबारे अन्तरक्रिया गरी इतिहास अभिलेख गरिने थारू लेखक सङ्घका केन्द्रीय अध्यक्ष डा कृष्णराज सर्वहारीले जानकारी दिए ।

सम्मेलनमा थारू तथा गैरथारू साहित्यकारबीच अनुभव आदान–प्रदान गर्ने, प्रकाशित कृतिहरूको विमोचन र बिक्री तथा प्रवद्र्धनसमेत गरिने छ । थारू लेखक सङ्घको आयोजना र स्थानीय थारू गोचाली समाजको व्यवस्थापनमा भइरहको सम्मेलनमा साहित्य लेखको प्रशिक्षण, थारू गीत, थारू लेख, थारू पुस्तक, थारू साहित्यमा युवा, सिकलसेल एनिमियाको कहरले जनस्वास्थ्यमा प्रतिकूल असरजस्ता थुप्रै जिल्ला तथा स्थानीयस्तरका थारूका मुद्दालाई लिएर बहस तथा छलफल गरिने डा सर्वहारीको भनाइ छ ।

सम्मेलनमा झापादेखि कञ्चनपुरका थारू साहित्यकारको सहभागिता छ । थारू लेखक सङ्घ नेपालले प्रत्येक वर्ष फरक(फरक जिल्लामा राष्ट्रिय सम्मेलन गर्दै आएको छ । सम्मेलनको अन्तिम दिन थारू भाषामा कलम चलाउने लेखकलाई सम्मान गरिनुका साथै बाँके घोषणापत्र जारी गरिने केन्द्रीय सदस्य डेमनडौराले बताए ।

  • २१ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !