बुटवलमा पहिलो उपमहानगर राष्ट्रिय सम्मेलन

आजभोलि

 

काठमाडौं । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सङ्घीयता कार्यान्वयनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । बुटवल उपमहानगरपालिकाको आयोजनामा आज बुटवलमा आयोजित प्रथम उपमहानगर राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले सङ्घीयता बलियो बनाउन स्थानीय सरकार बलियो हुनुपर्नेमा जोड दिए ।

स्थानीय सरकारहरूमा पनि महानगर, उपमहानगर र गाउँपालिकाका अवस्था र समस्या फरक–फरक रहेको औल्याउँदै उनले भने, “आर्थिक र सामाजिक हिसाबले स्रोत साधनको वितरणबारे छलफल हुन जरुरी छ ।”

सङ्घीयता कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको उल्लेख गर्दै प्रदेश प्रमुख शेरचनले यसका लागि आवश्यक कानुन निर्माणमा चासो दिनुपर्ने बताए ।
महानगर फोरमका संयोजक तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सङ्घीयता बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ भने ।

उनले संविधानले व्यवस्था गरेअनुसार साझा र एकल अधिकार प्रयोगका लागि आवश्यक कानुन निर्माण र कार्यान्वयनमा देखिएका जटिलता समाधानका लागि सङ्घीय सरकारले चासो देखाउनुपर्ने र महानगर, उपमहानगर, नगर तथा गाउँपालिकाको भूगोल, आर्थिक र सामाजिक अवस्था फरक–फरक रहेकाले सोहीअनुसारले आर्थिक स्रोत वितरण गरिनुपर्नेमा जोड दिए । नेपाल नगरपालिका सङ्घका महासचिव तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सङ्घ, प्रदेश र स्थानीय सरकारका योजना दोहोरिने गरेको र त्यस्ता योजना कार्यान्वयनमा जटिलता देखिएकाले सुधार गर्दै समन्वय र सहकार्यलाई जोड दिनुपर्ने बताए ।

नेपाल नगरपालिका सङ्घका सहकोषाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले सङ्घीयता सफल बनाउन स्थानीय सरकारलाई सफल बनाउनुपर्छ भने । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले साझा अधिकारको सूचीमा रहेका अधिकारक्षेत्रको जिम्मेवारी तोकी कानुन बनाउन सङ्घीय सरकारले तदारुकता देखाउनुपर्ने र प्रदेश तथा स्थानीय सरकारले कानुन बनाउन सहजीकरण गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममा सहभागी हुन देशभरका उपमहानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञ बुटवलमा भेला भएका छन् । विज्ञसहितको छलफलपछि साझा विषयलाई समेटेर घोषणापत्र जारी गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बताए ।

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !