भ्रष्टाचारविरुद्ध कलम चलाउनहोस् : मन्त्री गिरी

आजभोलि

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पत्रकारलाई भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह ग।ेका छन् । प्रेस चौतारी नेपालको २५औँं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने,“तपाईंहरुको कलम भ्रष्टाचार विरुद्धमा बम र बाढी हुन सक्ने गरी चलाउनुहोस् ।”

अहिले मुलुकको एउटै मुद्दा आर्थिक समृद्धिको भएको भन्दै उनले आर्थिक समृद्धिको बाटोमा लिएर जाने र गरिबीको अन्त्य गर्ने जिम्मेवारी आएको बताए । देशलाई समृद्धिको बाटोमा हिँडाउन र गरिबी अन्त्यको बाधक बनेको भ्रष्टाचारको पर्खाल हटाउन जरुरी रहेको बताए ।

“भ्रष्टाचारको पर्खाल तोड्ने, मुलुकलाई सुशासन दिने बाटोमा अघि बढाएर लिएर जानुपर्ने छ”, उनले भने, “विकास र समृद्धिका निम्ती उत्पादनका क्षेत्रमा विकास गरेर अघि बढ्नुपर्ने समय आएको छ ।” देशमा राजनीतिक रुपमा धेरै ठूला परिवर्तन भएको भन्दै मन्त्री गिरीले परिवर्तनअनुसार पत्रकारका कलम चल्नुपर्ने बताए ।

परिवर्तनको पक्षमा हिम्मत र आँट गरेर कलम चलाउन पत्रकारलाई आग्रह गर्दै उहाँले पत्रकारले आफ्नो समाचारप्रति जवाफदेही हुँदै समाजलाई सुधारको बाटोमा लैजानुपर्ने बताए । सरकारले गरेका काममा नियमित खबरदारी गर्दै सही बाटोमा हिँडाउने जिम्मेवारी पत्रकारमा रहेको उनको भनाइ छ । नेपालको पत्रकारिता क्षेत्रले छोटो समयमा धेरै प्रगति गरेको भन्दै यसलाई बचाइ राख्न पत्रकारलाई आग्रह गरे ।

सो अबसरमा डा.सारदा–तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार २०७९ बाट अग्रज पत्रकार विष्णु छिमेकीलाई पुरस्कृत गरिएको थियो । पुरस्कारको रकम रू २० हजार छिमेकीले प्रेस चौतारीको भवन निर्माणका लागि शाखा अध्यक्ष पण्डितलाई सोही कार्यक्रममा हस्तान्तरण गरे ।

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !