श्रमजीवी पत्रकारको सामाजिक कोषमा बागमती प्रदेश सरकारको सहयोग

आजभोलि

काठमाडौं । बागमती प्रदेश सरकारले श्रमजीवी पत्रकारको सामाजिक कोषका लागि रू ५० लाख प्रदान गर्ने घोषणा गरेको छ । प्रादेशिक संरचनामा प्रेस तथा सञ्चारकर्मीका साथै सञ्चारमाध्यम र पत्रकारको व्यवस्थापनका लागि बागमती प्रदेशले प्रादेशिक कानुन बनाएर लागू गरेको थियो । विसं २०७४ को निर्वाचनपछि आन्तरिक मामिला तथा कानुनमन्त्री रहेएका शालिकराम जम्कट्टेलको नेतृत्वमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन बनेको थियो । बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले श्रमजीवी पत्रकारको सामाजिक सुरक्षा कोषका लागि रू ५० लाख प्रदान गर्ने घोषणा गरेका हुन् । सामाजिक सुरक्षा कोष परिचालन गर्ने संयन्त्रका विषयमा अध्ययन गर्न नेपाल पत्रकार महासङ्घका पदाधिकारी र सञ्चार रजिष्ट्रारलाई मुख्यमन्त्री जम्कट्टेलले आग्रह गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले श्रमजीवी पत्रकारले नियमित पारिश्रमिक नपाइरहेको अवस्थामा उनीहरुको योगदानको कदर स्वरुप श्रमजीवी पत्रकारलाई सामाजिक विकास कोषमा लैजानुपर्ने बनाएका हुन् ।

 

बागमती प्रदेशमा पत्रकार कल्याण कोष सञ्चालन गर्न रू ३० लाख अहिले पनि छ तर प्रदेश सरकारलाई ब्याज प्राप्त हुने गरी खाता खोल्न राष्ट्र बैंकले रोक लगाएपछि उक्त रकम परिचालन हुनसकेको छैन । प्रदेश सरकारले घोषणा गरेको रू ५० लाख र प्रदेश सरकारसँग रहेको रू ३० लाखका साथै नियमित रकम सङ्कलन हुने संयन्त्र बनाएर बचत खाता खोल्ने र बीउ पुँजीलाई बचत गरिराख्ने लक्ष्य राखिएको छ । त्यसबाट प्राप्त हुने ब्याजलाई पत्रकारको हितमा उपयोग गर्ने योजना रहेको बागमती प्रदेशले जनाएको छ । राष्ट्र बैंकले बचत खाता खोल्न अनुमति दिएमा ज्येष्ठ पत्रकारलाई पेन्सन, दुर्घटनामा परेका, दीर्घरोगी, सुत्केरी महिला पत्रकारलाई सहयोग गर्न सामाजिक सुरक्षा कोषको रकम परिचालन गर्न सकिने योजना बनाइएको सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले जानकारी दिए । तल्लो वर्गलाई माथि उठाएर मात्रै समृद्धि हासिल गर्न सकिने मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ । उनको निर्णयले बागमती प्रदेशका तल्लो तहका कर्मचारी खुसी भएका छन् ।

प्रदेशका एकीकृत प्रादेशिक सेवा केन्द्र ११ स्थानमा बागमती प्रदेश सरकारले प्रदेशका ११ मन्त्रालयले उपलब्ध गराउने सेवालाई प्रदेशका ११ स्थानमा एकीकृत प्रादेशिक सेवा केन्द्रमार्फत् सञ्चालन गर्ने गृहकार्य थालेको छ । दुई वा दुई भन्दा बढी जिल्ला समेटेर बनाइएका प्रादेशिक कार्यालयबाट सेवा प्राप्त गर्न कठिन भएको गुनासो स्थानीय तहका जनप्रतिनिधिबाट आएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १३ वटै जिल्लामा एकीकृत प्रादेशिक सेवा केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए । मुख्यमन्त्री जम्कट्टेलका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लाका लागि एउटा केन्द्र रहनेछ भने बाँकी प्रत्येक जिल्ला एक–एक केन्द्र सञ्चालन गरिनेछ । “यो विषयलाई हामी मन्त्रिपरिषदबाट निर्णय गर्नेछौँ”, मुख्यमन्त्री जम्कट्टेलले भने । कृषि, पर्यटन, सञ्चार, वन, उद्योगसँग सम्बन्धित कार्यालय प्रदेशको राजधानी बाहेकका जिल्लामा पनि रहे पनि नागरिकबाट गुनासो आएपछि एकीकृत प्रादेशिक सेवा केन्द्र सञ्चालन गर्न खोजिएको हो । भीमफेदी दक्षिणकाली सडक व्यवस्थित बनाउने योजना काठमाडौँ उपत्यका र प्रदेशको राजधानी हेटौँडा पुग्ने सडकलाई प्रदेश सरकारले व्यवस्थित गर्ने भएको छ ।

प्रदेशको राजधानी हेटौँडा पुग्न कठिन भएको, राजधानी अपायक परेको गुनासो आएपछि मुख्यमन्त्री जम्कट्टेलले कुलेखानीदेखि दक्षिणकालीसम्मको सडकलाई व्यवस्थित बनाउने योजना बनाएका छन् । हेटौँडा, भीमफेदी, कुलेखानी, फाखेल, हुमाने दक्षिणकालीको सडकमा सञ्चालन हुने सवारी साधनलाई तीन महिना कान्तिपथबाट सञ्चालन गरिने उनको भनाइ छ । भौतिक पूर्वाधारमन्त्री युवराज दुलालसँग मुख्यमन्त्री जम्कट्टेलले छलफल गरेपछि उक्त योजना बनाएका हुन् । यस्तै, ६३ वर्ष अगाडि बनेको मकवानपुरगढी, ठिङगन, बागमती, भट्टेडाँडा, चापागाउँको सडकका अधिकांश स्थानमा कालोपत्र र ढलान भएको छ भने केही ठाउँमा अझै कच्ची छ । वर्षातको बेला पहिरोको जोखिम भए पनि हिउँद समयमा उक्त सडकमा सवारी सञ्चालन गर्न सकिन्छ ।

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !