राजधानीको मुख्य सहरमै खानेपानीको अभाव

आजभोलि

काठमाडौँ । मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको दुई महिना पूरा भए पनि काठमाडौँ महानगरपालिकाकै मुख्य सहरी क्षेत्रमा खानेपानी नपाइएको स्थानीयवासीको गुनासो छ ।

महानगरपालिकाका असन, इन्द्रचोक, बाङ्गेमुढा, वसन्तपुर, ताहाचल, कालिमाटी, टेकु, कुलेश्वरलगायत मुख्य सहरी क्षेत्रमै खानेपानी नपाएर समस्या भएको स्थानीयवासीको गुनासो छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले तीन दिनमा एकपटक खानेपानी दिने भनी सार्वजनिक सूचना जारी गरे पनि त्यसअनुसार धारामा पानी नआउँदा समस्या भएको महानगरपालिका–२५ का अध्यक्ष राजेश डङ्गोल बताउँछन् ।

मुख्य सहरी क्षेत्रमा अहिले हप्तामा एकपटक पानी आउने गरेको छ । एकपटक आउने गरेको पानी पनि लिमिटेडले दिएको तालिकामा नभई राति दुई बजे आउने गरेकाले थाप्न नसकिएको बाङ्गेमूढाका स्थानीयवासीसमेत रहेकी महानगरपालिका २५ नं वडा सदस्य रुपा प्रजापति श्रेष्ठको गुनासो छ । राति, राति आउने पानी पनि सुरुको आधा घण्टा फोहर आउँछ । बीचबीचमा पनि फोहर पानी आउने गरेकाले समस्या भएको उनले बताए । लिमिटेडले भने यो क्षेत्रमा बिहान चार बजेदेखि सात बजेसम्म खानेपानी आउने तालिका सार्वजनिक गरेको छ । असनबाट बाङ्गेमुढाको भने लिमिटेडले पानी दिने तालिका नै नबनाएको स्थानीयवासी स्वस्तिहीरा ताम्राकारको दुःखेसो छ ।

गत मङ्सिर दोस्रो साता तेस्रोपटक मेलम्चीको खानेपानी राजधानीमा ल्याइएको थियो । सुक्खा मौसम भएकाले पानीको माग धेरै छ । मेलम्चीको दैनिक १७ करोड ५० लाख लिटर पानी थपिँदा पनि काठमाडौँ उपत्यकाको माग धानिएको छैन । पानी वितरणसँगै नयाँ पाइपको परीक्षण पनि चलिरहकाले पनि समस्या भएको लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता एवं सूचना अधिकारी चन्द्रकुमार पाँ श्रेष्ठले बताए ।

  • २३ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !