मल अभाव हुँदा चिन्तामा किसान

आजभोलि

काठमाडौं । सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन् ।

“खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ”, इन्द्रावती–१२ का अबिन्द्र दनुवारले दुःखेसो पोखे। उनी जस्तै जिल्लाका अधिकांश किसानले युरिया मल नपाउँदा हैरान एका छन् ।

मल नहाली धान उत्पादन नहुने हुनाले किसान खेती लगाउने कि नलगाउने दोधारमा पर्न थालेका छन् । यतिबेला किसानलाई गहुँ र तोरी तथा अन्य हिउँदे बालीका लागि ठूलो परिमाणमा युरिया मल आवश्यक छ ।

किसानले समयमै मल, बीउबिजन, कृषि औजार तथा उपकरणसमेत नपाउने अवस्था छ । खेतीको समयमा मल तथा बीउ अभाव सामान्य भइसकेको छ ।

“दिनभरि लाइनमा बस्यो अन्तिममा दुई–चार किलो मात्रै मल पाइन्छ । हामीलाई दुईदेखि चार बोरा मल चाहिएको छ”, इन्द्रावती–११ का उज्जर माझीले भने, “त्यति मल त करेसाबारीको सागलाई मात्रै पुग्छ ।” हिउँदमा आलु, गहुँ, तोरी तथा जौँलगायत खेती गर्ने समयमा सधैभरी मल अभाव हुने गरेको उनको गुनासो छ ।

मल किन्न बिहानैदेखि सहकारी संस्था कुरेर बस्नुपर्ने किसानको दैनिकी नै बनेको छ । यसरी किसानले समयमै मल र बीउ नपाउने समस्या नयाँ होइन । यो समस्या हरेक वर्ष देखिँदै आएको छ । तर सरकारले समयमै आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिँदा किसान मारमा परेका छन् । खेतीबारीमा व्यस्त हुने किसान दिनभर मलको खोजीमा भौँतारिरहेको भेटिन्छन् ।

“यो वर्ष जसोतसो गरेर गहुँ छरियो । तर मल छैन । मल हाल्ने समय पनि बितिसक्यो । धेरै दिन खोज्न पनि गइयो तर पाइएन”, मेलम्ची–१० का खिलप्रसाद दाहालले भने ।

  • २४ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !