कोहलपुरमा ऐलानी जग्गाको नापजाँच

आजभोलि

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच थालेको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई प्राथमिकतामा राखेर जग्गाको नापजाँच भइरहेको छ ।

कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यका अनुसार कोहलपुर–१२, १० लगायत वडामा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिनसमेत नापजाँच गरिने छ । वडा नम्बर–१२ मा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थितको एक हजार छ सय ८० कित्ता जग्गा छ ।

यसअघि लुटबहादुर रावत नगरप्रमुख हुँदा वडा नम्बर–१ मा मात्रै ऐलानी जग्गाको नापजाँच पूरा भएको थियो । वडा नम्बर–१ मा एक हजार पाँच सय ६६ कित्ता नापजाँच गरिएको थियो । यस्तै वडा नम्बर–२ मा मुक्तिनगर, शक्तिनगर र विकास नगरको एक हजार सात सय ३० कित्ता नापजाँच गरिएको थियो ।

वडा नम्बर–२ मा मात्रै अहिले एक हजार आठ सय ४९ कित्ता जग्गा नापजाँच सम्पन्न भइसकेको छ । योसँगै वडा नम्बर–२ मा ऐलानी जग्गा नापजाँचको काम पूरा भएको छ । “भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गाको स्वामित्व दिन ऐलानी जग्गा नापजाँच तीव्र पारिएको हो”, नगरप्रमुख आचार्यले भन्नुभयो । अबको केही महिनामा नापजाँच सक्ने गरी काम भइरहेको छ ।

कोहलपुर नगरपालिका भूमि सहजीकरण समितिका संयोजक एवम वडा नम्बर–१२ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले ऐलानी जग्गा नापजाँचमा २१ अमिनको टोली खटिएको जानकारी दिए । कोहलपुरबाट नौ, भूमि आयोगबाट छ तथा जिल्ला नापी कार्यालयबाट टोली प्रमुखसहित छ जना खटिएका छन् ।

“जमिन भएका, तर वर्षौंदेखि लालपुर्जाविहीन अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउँछौँ”, उनले भने । कोहलपुरमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी करिब १७ हजार छन् ।

 

  • २५ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !