सैनिक कारबाहीमा बाह्र जना आतङ्कवादी मारिए

आजभोलि

इस्लामाबाद । आतङ्कवादीविरुद्ध पाकिस्तानी सेनाले उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तमा गरेको कारबाहीमा १२ जना मारिएका छन् । गए राति गरिएको सैनिक कारबाहीमा ती अतिवादी मारिएका हुन् ।

गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तानसँग सम्बन्धित आतङ्ककारी मारिएका राष्ट्रिय सेनाको मिडिया शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन (आइएसपीआर) ले बुधकार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कारबाहीका क्रममा आतङ्कारीहरूबाट हतियार, गोलाबारुद र विदेशी मुद्रा पनि बरामद गरिएको छ । कारबाहीस्थल र त्यसको वरपर सुरक्षा बलले खोजतलास जारी राखेको छ । अघिल्लो सातादेखि नै सुरक्षा निकायले उक्त प्रान्तमा आतङ्कवादीका गतिविधिमाथि निरन्तर निगरानी गरेको थियो ।

अफगानीस्तान र पाकिस्तानको सीमामा सक्रिय पाकिस्तानी तालिवान समूहले सन् २००७ देखि पाकिस्तानमा आतङ्कवादी गतिविधि गरिरहेको छ । विभिन्न इस्लामिक सशस्त्र लडाकु समूहसँग आबद्ध तेहरिक–ए–तालिबानले निर्दोष नागरिक र भौतिक सम्पत्तिमाथि हमला गर्दै आएको छ ।

 

  • २५ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !