नागरिक उड्डयन प्राधिकरणलाई फुटसलको उपाधि

आजभोलि

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण ‘ए’ ले १३औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपाल (पेस्डान) द्वारा आयोजित उक्त प्रतियोगिताको फाइनल खेलमा नागरिक ‘ए’ ले नेपाल आयल निगम ‘बी’ लाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

नागरिक उड्डयन ‘ए’ को जितमा सुमित पराजुली र सुजन भारतीले समान १–१ गोल गरे । यता आयल निमग ‘बी’ का लागि भने राम विश्वकर्माले १ गोल फर्काए ।

भृकुटीमण्डपमा भएको फुटसलमा उपाधि विजेतालाई रु २५ हजार तथा उपविजेता टोलीलाई रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजक पेस्डानका उपमहासचिव रहेएका फुटसल संयोजक प्रशान्तबहादुर श्रेष्ठले जानकारी दिए ।

दुईदिने फुटसल प्रतियोगितामा विभिन्न १४ टोलीको सहभागिता रहेको थियो ।

  • २५ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !