दुर्गम गाउँ मलम्पारमा सडक पुग्यो

आजभोलि

म्याग्दी । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५ को मलम्पारमा सडक पुगेको छ ।

धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा वडाको केन्द्र मल्कवाङ हुँदै मलम्पार गाउँ जोड्ने सडक निर्माण भएको हो । गत वर्ष मल्कवाङबाट दैडाँडामा पुगेको सडक यसपालि विस्तार गरेर मलम्परा पु¥याइएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिए ।

“मलम्पारबाट सडकलाई वडा नं ६ को बुल जोडेर चक्रपथ बनाउने काम अन्तिम चरणमा छ”, उनले भने, “मल्कवाङ–मलम्पार सडक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले रु २५ लाख र प्रदेश सरकारले रु १० लाख बजेट विनियोजन गरेको छ ।”

दैडाँडाबाट चार किलोमिटर २० मिटर सडकको मार्ग खुलेको छ । विनियोजितमध्ये बाँकी रहेको अनुमानित रु १० लाख बजेटबाट मलम्पारबाट बुललाई सडकले जोडिने उपाध्यक्ष पुनमगरले बताए । करिब एक किलोमिटर मार्ग खोलेपछि धवलागिरिको ५ र ६ नं वडा जोडिने र चक्रपथ बन्ने जनाइएको छ ।

मल्कवाङबाट मलम्पारसम्मको सडकको दूरी पाँच किलोमिटरभन्दा बढी रहेको गाउँपालिकाका प्राविधिक जनक धानुकले बताए । सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती मलम्पारबाट वडा कार्यालय रहेको मल्कबाङसम्मको करिब एक घण्टा ३० मिनेटको बाटो २० मिनेटमै छोटिएको छ ।

मलम्पारका एक सय ५० घरधुरी यो सडकबाट लाभान्वित भएका वडाध्यक्ष अमर छन्त्यालले बताए । मलम्पारका बासिन्दालाई दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न, सदरमुकाम, वडा कार्यालय र गाउँपालिका कार्यालय पुग्न सहज भएको छ । मलम्पारमा उत्पादन हुने आलु, सिमी, जडीबुटी र भेडाबाख्रा निकासी गर्न सहज भएको छ ।

सडकको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, वडाध्यक्ष अमर छन्त्याल, प्राविधिक जनक धानुकलगायतको टोलीले सडकको बुधबार अनुगमन गरेको छ । गाउँपालिका अध्यक्ष पुनले यातायात सुविधाबाट बञ्चित बस्तीमा सडक पु¥याउने योजनालाई प्राथमिकता दिएको बताए ।

  • २५ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !