हवाई सेवा सुरक्षित बनाउने विषयमा लिखित जवाफ माग

आजभोलि

काठमाडौँ । सर्वोच्च अदालतले यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदनमा लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज उक्त विषयमा सरकारसँग लिखित जवाफ माग गर्दै अग्राधिकार प्रदान गरेको छ । वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले यही माघ २० गत दायर गरेको रिट निवेदनमा हवाई यातायात सञ्चालनसम्बन्धी विद्यमान कानुन, नीति एवं हवाई सुरक्षा मापदण्डको संशोधन एवं परिमार्ज गर्न माग गरिएको छ ।

रिट निवेदनमा अहिलेको हवाई यातायात सुरक्षासम्बन्धी व्यवस्थाले हवाई यातायातको क्षेत्र सुरक्षित नभएको हुँदा उक्त मापदण्ड संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता भएको जिकिर गरिएको छ ।

विशेषज्ञ सम्मिलित उच्चस्तरीय समिति गठन गरी विद्ययमान कानुन, नियमका साथै सुरक्षा मापदण्डको पुनरावलोकन गर्न गर्नुपर्ने र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्ड पालना भए–नभएको अनुगमनका लागि स्थायी संयन्त्र निर्माण गर्नसमेट रिट निवेदनमा माग गरिएको छ । साथै हवाई दुर्घटनाको जाँचका लागि स्थायी संयन्त्र निर्माण गर्न माग गरिएको छ ।

 

  • २५ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !