‘छोरी पढाऔँ : गरिमा बढाऔँ, विपन्न बालिकालाई छात्रवृत्ति प्रदान

आजभोलि

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ ।

‘छोरी पढाऔँः गरिमा बढाऔँ’ भन्ने आह्वानसहित समाजले ३४ बालिका प्रत्येकलाई रु १२ हजारका दरले रु चार लाख आठ हजारको छात्रवृत्ति प्रदान गरिएको सभापति रामकृष्ण बरालले जानकारी द्रिए । मोरङ जिल्लाको कटहरी गाउँपालिका, थलाहास्थित श्री जनता माविका २७ र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती माविका सात गरी ३४ बालिकालाई वर्ष २०७९ को छात्रवृत्ति रकम प्रदान गरिएको हो ।

पाँच वर्षे छात्रवृत्ति अभियानअन्तर्गत पहिलो वर्ष २०७८ मा ६ कक्षामा अध्ययनरत ३७ बालिकालाई छात्रवृत्ति प्रदान गरिएकोमा सोमध्ये यस वर्ष तीन जनाले विद्यालय परित्याग गरेको हुँदा ३४ बालिकालाई प्रदान गरिएको हो ।

समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियानअन्तर्गत पाँच वर्षसम्म अर्थात १० कक्षा पुगुन्जेलसम्म यिनै बालिकालाई रु १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिने छ । पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तक रामप्रसाद जोशीले दुई, अनुजा खनालले दुई जना, संवत थापाले दुई र उर्मिला पराजुलीले दुई जनालाई सहयोग प्रदान गर्नुभएको समाजले जनाएको छ ।

  • २५ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !