नागरिकता विधेयकको मस्यौदा पेस

आजभोलि

‘काठमाडौं । सत्य र न्यायको खोजी अभियान’ले नागरिकता विधेयकको मस्यौदा पेस गरेको छ । अभियानका तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले नेपाली नागरिकतासम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले तयार गरिएको मस्यौदा आज गृह सचिव विनोदप्रकाश सिंहलाई हस्तान्तरण गरे ।

मस्यौदा हस्तान्तरण कार्यक्रममा श्रेष्ठले नागरिकतासम्बन्धी विद्यमान विवादहरू समाधानका लागि कानुन संशोधन गर्नुपर्ने बताए ।

मस्यौदामा जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता दिने, आमा भएका तर बाबुको पहिचान नभएका व्यक्तिलाई नागरिकता प्रदान गर्ने, बाबु र आमाको ठेगान नभएका व्यक्तिलाई नागरिकता प्रदान गर्ने, विदेशी पुरुषसँग विवाह गरेकी नेपाली नागरिक महिलाका सन्तानलाई नागरिकता प्रदान गर्ने र नेपाली नागरिक पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता प्रदान गर्नेसम्बन्धी विवाद समाधानका लागि पहल गर्नुपर्ने उल्लेख गरिएको छ ।

उनले कानुन संशोधन गरेर मात्रै नागरिकतासम्बन्धी समस्या समाधान गर्न सकिने बताए । अभियानका तर्फबाट प्रतिनिधित्व गर्नुभएका अधिवक्ता एसके तिमिल्सिनाका अनुसार यस विधेयकमा राष्ट्रिय हित, नागरिकतासम्बन्धी समस्या समाधान, लैङ्गिक समानतालगायत विषय समावेश गरिएको छ ।

  • २७ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !