सुशासनका लागि सूचनाको हक अभियान सञ्चालन गरिने

आजभोलि

काठमाडौँ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्यसमिति काठमाडौँले सुशासनका लागि सूचनाको हक अभियान सञ्चालन गर्ने भएको छ ।

महासङ्घ जिल्ला कार्यसमिति काठमाडौँले आज यहाँ आयोजना गरेको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा जिल्लाका ११ वटै स्थानीय तहका वडा कार्यालयमा सूचना अधिकारीको व्यवस्था गराउने, नागरिक बडापत्र राख्न लगाउने र वडा कार्यालयसम्म गएर सूचना माग्न नागरिकस्तरमा जागरणमूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी गराइएको हो ।

सूचनाको हक कार्यान्वयनका लागि आयोग र स्थानीय सरकारलाई पनि सहयोग गर्ने गरी महासङ्घ जिल्ला कार्य समिति काठमाडौँले अभियान चलाउन लागेको हो ।

कार्यक्रममा आयोगका आयुक्त रत्नप्रसाद मैनालीले पारदर्शिताका लागि काम गर्न सूचनाको हकको क्षेत्र खाली रहेको उल्लेख गर्नुहुँदै व्यक्तिगत र सार्वजनिक सरोकारका विषयमा सूचना माग गरेर नागरिकले काम गर्न सक्ने बताए ।

नेपालमा तीन करोड जनसङ्ख्या भए पनि वार्षिकरूपमा आयोगसम्म एक हजारदेखि एक हजार ५०० सम्म मात्र पुनरावेदन आउने गरेको उनले जानकारी गराए । सार्वजनिक सरोकारका विषयमा चियापसल, चोक, चौतारामा टीकाटिप्पणी गर्ने तर सूचना माग गर्न नजाने प्रवृत्तिमा सुधार ल्याउन अभियानकर्मी लागिपर्नुपर्ने आयुक्त मैनालीको भनाइ थियो ।

विभिन्न समयमा गठन भएका जाँचबुझ आयोगले दिएका प्रतिवेदन सार्वजनिक गर्न आयोगले सरकारलाई निर्देश दिएको छ । सूचनाको हकको कानूनले मात्र नागरिकलाई सार्वजनिक निकायसँग प्रश्न गर्ने अधिकार दिएको छ । महासङ्घ काठमाडौँ उपत्यका प्रदेश अध्यक्ष ताराबहादुर भण्डारीले सूचनाको हकका क्षेत्रमा काठमाडौँमा थिति बसाल्न सके यसको सन्देश देशभर जाने बताए । कार्यक्रममा जिल्ला कार्यसमिति काठमाडौँका पदाधिकारी र सदस्य, ११ वटै स्थानीय तहका संयोजकको सहभागिता रहेको थियो ।

 

  • २७ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !