राष्ट्रपतिको सवारीः लाठी बर्साउने प्रहरी हवल्दारको जागिर चैट

आजभोलि

अर्थ जङ्ग शाही

शुक्रबार चिकित्सकमाथि हातपात गर्ने प्रहरीलाई निलम्बन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई चिकित्सकलाई कुटपिट गरेको विषयमा निलम्बन गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भवनमा सम्बोधन गरेर फर्किने क्रममा सवारी हुँदा हिँडेको भन्दै गुरुङले राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि लाठी चार्ज गरेका थिए ।

त्यसपछि नेपाल चिकित्सक संघले डां सिंहमाथि परिसर भित्रै लाठी चार्ज गरी गम्भीर घाइते बनाएको भन्दै कुटपिटमा संलग्न प्रहरीलाई कारवाही गर्न माग गर्दै आन्दोलनको चेतावनी दिएको थियो ।

डा.सिंह शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा उनको परिचय पत्र समेत लगी प्रहरीले लाठी चार्ज गरेका थिए ।
लाठी चार्जबाट डां. सिंहको टाउकोमा चोट लागेको थियो ।

  • २९ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !