बझाङको धुली मा.विका प्रधानाध्यापकको लापरबाहीले विद्यालयको अवस्था भद्रगोल

आजभोलि

अर्थ जङ्ग शाही
बझाङ । बझाङको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक ६ महिनादेखि स्कुलमा अनुपस्थित छन् । साइपाल गाउँपालिका–४ धुलीस्थित धुली माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज जोशी भदौदेखि विद्यालयमा अनुपस्थित भएका हुन्।

प्रधानाध्यापक जोशीले आफू बिरामी भएको भन्दै भदौमा निवेदन दिएर १२ दिनको विदा मागेको विद्यालयले जनाएको छ। विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट (भोटे)ले १२ दिनको विदा मागेका प्रधानाध्यापक जोशी हालसम्म पनि हाजिर नभएको बताए।

उनले भने, ‘विद्यालयमा बिरामी भएकाले उपचारका लागि १२ दिनको निवेदनमार्फत विदा माग्नुभएको हो । फागुन शुरु हुन लाग्दा पनि उपस्थित हुनुभएको छैन। विद्यालयको नीतिगत वृद्धि विकासमा समेत बाधा पुगेको छ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर बोहराले नियमित लामो समयदेखि प्रधानाध्यापक नै विद्यालयमा नआएपछि समस्या भइरहेको बताए। उनले भने, ‘फोन गरेपछि आउँछु,आउँछु मात्रै भन्नुहुन्छ। अभिभावकले प्रधानाध्यापक अहिलेसम्म किन अनुपस्थित भए भनेर सोधेका सोधै छन्। यसबारे पटकपटक गाउँपालिकामा जानकारी गराउँदासमेत कुनै पहल भएको छैन।’

स्थानीय अगुवा शेरबहादुर बोहराले प्रधानाध्यापक नै लामो समयदेखि विद्यालयमा अनुपस्थित भएकाले विद्यार्थीको भविष्य चौपट भइरहेको बताए ।

साइपाल गाउँपालिका शिक्षा शाखा सह—संयोजक ज्ञानबहादुर बोहराले उक्त विद्यालयमा प्रधानाध्यापक अनुपस्थितिबारे आफूले सम्बन्धित विद्यालयमा बुझेको र अनुगमन गरेको बताएका छन्।

उनले भने, ‘अस्ति राष्ट्रपति रनिङ शिल्ड शुरु हुँदा सदरमुकाम चैनपुरमै हुनुहुन्थ्यो। अहिले उपचार गर्न जानु भएको भन्ने खबर आएको छ।’ यता प्रधानाध्यापक जोशीले भने फोन उठाएका छैनन् ।

No description available.

  • १ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !