परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता

आजभोलि

काठमाडौँ । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग गणतन्त्र कोरियाका राष्ट्रपतिका सल्लाहकार सुङ मिन जङले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री डा पौड्यालले गणतन्त्र कोरिया र नेपालबीचको घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको शिक्षा, स्वास्थ्य, पर्यटन, बौद्ध दर्शन र सांस्कृतिका आदानप्रदानलगायतका क्षेत्रमा सहकार्य अघि बढाउन कोरियन सरकारलाई आग्रह गरेकी थिइन् ।

सो अवसरमा सल्लाहकार सुङले इपिएसअन्तर्गत १५ हजारभन्दा बढी नेपाली कोरियामा रोजगारीमा रहेको उल्लेख गर्दै नेपालीको परिश्रमबाट कोरियन सरकार प्रभावित रहेको बताए । उनले परराष्ट्रमन्त्री डा पौड्याललाई कोरियन लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको समेत अवगत गराएका थिए ।

पररष्ट्रमन्त्रीसँग कतारका राजदूत भेट

आजै परराष्ट्रमन्त्री डा पौड्यालसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले पनि शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनीहरूबीच दुई देशबीचको आपसी हितका विविध पक्षमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

  • १ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !