हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह

आजभोलि

काठमाडौं । हात्ती आतङ्कका कारण समस्या भोग्नुपरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि सरकार समक्ष आग्रह गरिएको छ । मेचीनगर नगरपालिकाका–४ का वडाध्यक्ष अर्जुन कार्कीले यहाँ आज पत्रकार सम्मेलन गरी हात्तीपीडित जनतालाई उचित राहत प्रदान गर्नसमेत सरकारसमक्ष माग गरे ।

उनले खासगरी मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रका हात्तीपीडित जनतालाई उचित राहतको व्यवस्था गर्नुपर्ने बताउँदै मानव र हात्तीको सहअस्तित्व कायम गरेर अगाडि बढ्न सकेमात्रै उचित हुने विश्वास व्यक्त गरे । हात्ती आतङ्कका कारण बालबालिकाको शिक्षामा समेत नकारात्मक असर परेको उनको भनाइ छ ।

उनले मानव र हात्तीको सहअस्तित्व कायम गरेर जानुपर्छ भनेर लागिरहेको परिप्रेक्ष्यमा मान्छेले हात्ती मार्ने र मान्छेद्वारा हात्ती मारिने अलग–अलग घटना भए पनि मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रको घटना केही फरक रहेको प्रष्ट पारे । उनले भने, “मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रको घटना अलि फरक छ, हात्ती दिनभरि भारतको कोलाबारी फरेस्टमा बस्छन् र राति भएपछि नेपालतिर आएर अन्नबाली, जनधनको क्षति गर्छन् ।”

उनले हात्तीलाई बोझको रूपमा नभई, त्यसलाई मोजको रूपमा विकास गर्न जरुरी रहेको भन्दै उनले आफूहरू मानव र हात्तीबीचको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर लागिपरेको बताए ।

  • १ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !