विमान दुर्घटनाको एक महिनापछि सापकोटा दम्पतीको अन्त्येष्टि

आजभोलि

काठमाडौं । पोखरामा गत माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पोखरा–२५ हेमजाका एक दम्पतीको एक महिनापछि आज अन्त्येष्टि गरिएको छ ।

दुर्घटनामा ज्यान गुमाएका हेमजा हनुमानचोक निवासी राजन सापकोटा र उनका श्रीमती आनिषा बानियाँ सापकोटाको हेमजा सेती नदी मराङघाटमा अन्तिम संस्कार गरिएको हो । अनिषाको शव पहिचान गर्न समस्या भएपछि अन्तिम संस्कार गर्न ढिलाइ भएको हो । राजनको शव माघ ८ गते काठमाडौँमा शवपरीक्षणबाट पहिचान भए पनि अनिषाको पहिचान गर्न डिएनए गरिएको थियो ।

डिएनएको रिपोर्ट हिजो प्राप्त भएपछि काठमाडौँबाट राति शव ल्याएर बिहान शवयात्रासहित अन्तिम संस्कार गरिएको मृतकका काका प्रकाशचन्द्र सापकोटाले जानकारी दिए । उनीहरुको आजदेखि नै काजकिरिया सुरु भएको र दाजु किरिया बसेको बताइन्छ ।

डिभी परेर अमेरिका बस्दै आएका राजन गत वर्ष विवाह गरेर फर्किनुभएको थियो । विवाहको पहिलो वार्षिकोत्सव मनाउन उहाँ पुस ३० गते नेपाल आएका थिए । उनलाई लिन श्रीमती अनिषा काठमाडौँ गएका थिए ।
पोखरा फर्किने क्रममा उनीहरू चढेको विमान अवतरणका क्रममा विमानस्थल नजिक सेतीखोँचमा दुर्घटनामा परेको हो । यती एयरलाइन्सको सो विमान दुर्घटनामा परी ७२ जनाले ज्यान गुमाएका थिए ।

यसैगरी, एक महिनाअघि पोखराको सेती खोँचमा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परी दिवङ्गत पोखरा–२१, दोविल्ला निवासी २४ वर्षीया सविना रायमाझीको अन्त्येष्टि गरिएको छ ।

पोखरा–२१ स्थित सेती नदीको दोबिल्ला घाटमा आज बिहान सविनाको अन्त्येष्टि गरिएको उनका पारिवारिका सदस्यले जनाएका छन् । जहाज दुर्घटनामा परेकी सविनाको शव पहिचान हुन नसकेपछि माघ ३ गते डिएनए परीक्षणका लागि काठमाडौँ लगिएको थियो ।

डिएनएको रिपोर्ट माघ २९ गते आइतबार मात्रै प्राप्त भएपछि सोमबार सविनाको परिवारले शव बुझेलगत्तै अन्त्येष्टि गरेका हुन् । काठमाडाँैबाट पोखरा फर्कने क्रममा सविनाको यति एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएको हो ।

  • १ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !