मदारबाबा मेलामा एकको मृत्यु

आजभोलि

काठमाडौं । मदारबाबा मेला जानका लागि पहाड चढ्ने क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनय त्रिवेणी गाँउपालिका–६ मा पर्ने नकधडवा पहाडमा मदारथान जाने क्रममा आज बिहान ती भारतीय नागरिकको मृत्यु भएको प्रहरी निरीक्षक गोपाल चालिसेले बताए ।

भारत उत्तरप्रदेश कुशीनगरका ५५ वर्षीय रसुल जनेवाको आज बिहान मृत्यु भएको हो । उकालो पहाड चढ्ने क्रममा समस्या भएपछि त्यहीँ रसुलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी आफ्ना छोरासँगै मदारबाबा मेला भर्न आउनुभएको थियो । हिन्दू र मुस्लिम समुदायको आस्थाको केन्द्रको रूपमा रहेको मदार थान मेलामा भक्तजनको घुइँचो छ । माघ २७ गतेदेखि सुरु भएको मेला फागुन ६ गतेसम्म चल्ने छ ।

बाक्लो भीडका कारण मदारथानसम्म जान उकालो पहाड चढ्नुपर्छ । पश्चिम नवलपरासीको सुस्ता महलबारीदेखि बाबाको मुख्य मजारसम्म पुग्न नौ किलोमिटर पैदल हिँड्नुपर्छ । यस वर्ष करिब १० लाख भक्तजन मेलामा आउने कुतबुल मदार बगाह दरगाह कमिटीले जनाएको छ । मदारबाबा मुस्लिम समुदायका गुरु रहे पनि सबैका प्रतिष्ठाको रूपमा रहेको धार्मिक विश्वास छ । मेलामा भारत र नेपालका लाखाँै हिन्दूले वर्षौंदेखि पूजा गर्दै आएका छन् । त्यसैले यसलाई हिन्दू र मुस्लिमको साझा आस्थाको केन्द्रको रूपमा लिने गरिन्छ ।

  • २ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !