अर्थ जङ्ग शाही
काठमाडौं । रोयल इन्फिल्ड बुलेट बाइक प्रयोग गर्ने युवाहरूले आन्तरिक पर्यटन प्रवर्द्धन र भाइचाराको सम्बन्ध विस्तार गर्न तिन दिने बाइक यात्रा गर्ने भएका छन् ।
गत शुक्रबार ५ गते बिहान ८ बजे देखी सुरु गरिने बाईक यात्रा ७ गते बिहान काठमाडौं फर्किने बुलेट राईडरका क्याप्टेन प्रकाश देव गिरीले जानकारी दिए ।
काठमाडौंको सुकेधारामा रहेको बुलेट बाईक सम्बन्धि मात्रै काम गर्ने अथोराईज सर्भिस सेन्टर जेरो ईन्जिनियरिङ् मोटरसाईकल प्राईभेट।लिमिटेड सेन्टरको आयोजनामा बाइक यात्रा तय गरिएको एमडि जीवन थापाले जानकारी दिए ।
काठमाडौंबाट फागुन ५ गते बिहान ८ बजे देखि सुरु हुने बुलेट बाईकको यात्रा सोहि दिन खानिखोलामा खाजानास्ता गर्दै मुग्लिनमा खाना खाएर लमजुङ घले गाउँ गएर बास बस्ने भएको छ ।
उक्त राईड मा लगभग ४० बटा बुलेट बाईक राईडर सहित करिव ६० जनाको उपस्थिति रहने राईडरका क्याप्टेन प्रकाश देब गिरीले जानकारी दिए ।
दोस्रो दिन ६ गते सोहि लमजुङ घले गाउँ घुमेर लमजुङमै रहेको अर्को ठाउँ भुजुङ , घानापोखरा बास बस्ने भएको छ , भने सो बिचमा लमजुङ मै रहेको श्री शैलपुत्री मा बि धमिलिकुवा लमजुङ लाई शैक्षिक सामग्री समेत जेरो ईन्जिनियरिङले सहयोग गर्ने भएको छ भने ७ गते बिहान काठमाडौ फर्किने छ । आफ्नो स्थापना काले देखि नै बिभिन्न च्यारिटि राईड गर्दै आएको जेरो ईन्जिनियरिङ मोटरसाईकल प्रालिले सधैं झै यो बर्ष पनि उक्त कार्यक्रम गर्न लागेको कुरा एमडि बिक्रम भट्टराईले जानकारी दिए ।