अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक

आजभोलि

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिनुभयो । निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता र बिहीबार निर्वाचनको समय तोकिएको छ ।
आज मतदाता नामावली सार्वजनिक, उम्मेदवार दर्ता र बिहीबार निर्वाचनको समय तोकिएको उहाँले बताउनुभयो । आज दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता, साँझ ६ बजे देखि ७ बजेसम्म उम्मेदवारी दर्ता फिर्ताका लागि समय तोकिएको छ ।

यस्तै भोलि फागुन ४ गते बिहान ९ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि सहमतिको प्रयास भइरहेको जानकारी दिए । ।

नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव बडाल रहेका छन् । महाधिवेशनले आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित गर्नेछ । महाविधेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी छन् ।

यस्तै निर्वाचन प्रक्रियालाई व्यवस्थित, छिटोछरितो बनाउन विद्युतीय मेसिनमार्फत निर्वाचन गर्ने व्यवस्था गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा मङ्गलबारदेखि सुरु भएको महाधिवेशन बिहीबारसम्म सञ्चालन हुनेछ ।

  • ३ फाल्गुन २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !