छोरा–बुहारीकै अगाडि रवीनाले गरिन बेलायती नागरिक संग इन्गेजमेन्ट

आजभोलि

अर्थ जङ्ग शाही
सेलेब्रेटी बैंकरको रूपमा चिनिएकी रवीना देशराज श्रेष्ठले इन्गेजमेन्ट गरेकी छन्।

प्रणय दिवसको अवसरमा उनले द्वारिका होटलमा प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन्। उनले इन्स्टाग्राममार्फत यसबारे जानकारी दिएका छन्।

प्रेमीसँगको तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, ‘मैले धेरै प्रतीक्षा गरेको उनको प्रस्तावलाई स्वीकार गरेँ।’

स्टुआर्टले पनि ‘उनले हुन्छ भनिन्’ भन्दै इन्स्टाग्राममा तस्बिर सार्वजनिक गरेका छन्।

अभिनेत्री तथा रवीनाकी बुहारी प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गर्दै बधाई दिएकी छन्।

केही समयअघि रवीना र स्टुआर्टले आफूहरू प्रेम सम्बन्धमा रहेको कुरा सार्वजनिक गरेका थिए। स्टुआर्ट बेलायती नागरिक हुन्।

रवीनाले मेगा बैंकबाट राजीनामा दिएकी हुन्। उनी बैंककी कायममुकायम कार्यकारी अधिकृत थिइन्।

रवीना कलाकार आयुष्मान र आशीरमानकी आमा तथा प्रियंका कार्कीकी सासू समेत हुन्।

  • ३ फाल्गुन २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !