‘कर्णाली उत्सव’आजदेखि

आजभोलि

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ ।

आयोजक ऋति फाउण्डेसनका संयोजक कमल लम्सालका अनुसार यही ७ गतेसम्म हुने उक्त उत्सव सरोकारवालालाई प्रश्न र उत्तर गर्ने माध्यमका रुपमा लिइएको छ । उनले भने, “कर्णालीका विभिन्न क्षेत्र समेटिने गरी ५० भन्दा बढी सवालमा छलफल गरिसकेका छौँ ।”

विचारको बहसबाट साझा विवेक र चेतनाको विकास भएको उनको भनाइ छ । कर्णालीको समग्र क्षेत्र समेटिने गरी कार्यक्रमको ढाँचा तयार गरिएको लम्सालले बताए ।

उत्सवको सवाल तथा विषयवस्तु तयारी टोलीका संयोजक प्रकाश लामिछानेले १६ भन्दा बढी सत्रमा ६० भन्दा बढी वक्ता बोल्ने कार्यक्रम रहेको बताए ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उत्सवको उद्घाटन तथा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले आमन्त्रितलाई स्वागत गर्नेछन् ।

पहिलो दिनको सत्रमा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले चौथो संस्करणसम्म आइपुग्दा, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हामी कसरी जोडियौँ ? विषयमा आफ्नो प्रस्तुति राख्ने कार्यक्रम छ ।

तातोपानी निवासी नारायणी चौलागाईंले कर्णाली उत्सवदेखि लाम्रा संवादसम्मको विषयवस्तु राखेपछि निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले निर्वाचन र लोकतन्त्रका विषयमा प्रवचन दिने कार्यक्रम छ ।

‘कर्णाली चिन्तन’ शीर्षकमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह वक्ता रहेका छन् । दोस्रो, तेस्रो, चौथो र पाँचौं सत्रमा क्रमश ‘कर्नाली खेल्दो छ’, ‘यो सहर–त्यो रहर’, ‘भोट र भेट’, ‘शिक्षा र समर्पण’ शीर्षकमाथि बहस हुँदा विभिन्न क्षेत्रसँग सम्बन्धित दश वक्ताले भाग लिनेछन् ।

पहिलो दिन कर्णालीको पैकेलो (नायक) का रूपमा गायक सुरज पण्डितलाई उत्सवमा सम्मान गरिनेछ । साँझमा साङ्गीतिक साँझ कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

  • ५ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !