पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै

आजभोलि

काठमाडौँ । महाशिवरात्रिका अवसरमा काठमाडौँ आएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले शनिबार पशुपतिनाथ मन्दिरअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्ने भएका छन् ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको मन्दिर हालै पशुपति क्षेत्र विकास कोषको सक्रियतामा पुनःनिर्माण भएको हो । मन्दिर उद्घाटनपछि उनले प्रवचनसमेत गर्ने कार्यक्रम रहेको शङ्कराचार्य मठका मठाधीश डा रमणानन्द स्वामीले जानकारी दिए ।

कोषको निमन्त्रणमा महाशिवरात्रिमा विशिष्ट साधुका रूपमा बिहीबार राजधानी आएका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले आज बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी शङ्कराचार्य मठमा प्रवचन गरेका थिए । प्रवचनका क्रममा वैदिक सनातन मतमा आधारित समाज निर्माणका लागि सबै लाग्नुपर्ने अवस्था आएको भन्दै शङ्कराचार्य निश्चलानन्द स्वामीले नेपालमा कल्याणकारी व्यवस्था हुनुपर्नेमा जोड दिए ।

नास्तिक मतका अनुयायी बढ्न थालेकाले आध्यात्मिक ज्ञानका लागि आफू नेपालमा प्रवचन गर्न आएको उल्लेख गर्दै उनले पृथ्वीको रचना भएदेखि नै वैदिक सनातन मतका आधारमा सृष्टि चलेको भनाइ राखे । आज साँझ शङ्कराचार्य निश्चलानन्द सरस्वतीले नेपाल–भारतमैत्री धर्मशालामा जिज्ञासुका प्रश्नको उत्तर दिने कार्यक्रम रहेको छ ।

  • ५ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !