सरकारद्वारा आठ स्थानमा औद्योगिकग्राम निर्माण गर्ने घोषणा

आजभोलि

काठमाडौं । सरकारले देशका विभिन्न आठ स्थानलाई औद्योगिकग्राम घोषणा गरेको छ । सरकारले मण्डनदेउपुर–६, बेथानचोक–२, लिखु–४, रघुगङ्गा–२, तातोपानी–४, रिब्दीकोट–३, रुरुक्षेत्र–४ र अपिहिमाल–४ मा औद्योगिकग्राम निर्माण गर्ने घोषणा गरेको हो ।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिद्को वैठकबारे जानकारी दिँदै लगानी (इन्भेष्टमेन्ट) कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा शर्त नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृति दिने निर्णयसमेत गरेको बताए ।

उहाँका अनुसार सरकारले संवैधानिक परिषद् (विकास, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ फिर्ता लिने र बर्डफ्लु रोग नियन्त्रणका क्रममा आर्थिक वर्ष २०७८र७९ मा प्रचलित कानुनबमोजिम नष्ट गरिएका वस्तुको लागि राहत प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले संवत् २०८० सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय पनि गरिएको छ । यही फागुन १५ देखि १८ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५२औँ सत्रमा पत्रराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।

मन्त्रिपरिषद्ले तत्कालीन जिल्ला पञ्चायत सचिवालय जिल्ला पशु सेवा शाखा कार्यालय गोरखाका नाममा रहेको जिल्ला गोरखा साविक सिर्दिवास गाविस वडा नं ८ को ४–६–२–२ रोपनी जग्गा चुमनुब्री गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ ।

सरकारका प्रवक्ता शर्माले भन्नुभयो, “ललितपुर जिल्ला साविक लुभु वडा नं ३ ‘क’ को २–२–०–० रोपनी सरकारी जग्गा लुभु प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणार्थ महालक्ष्मी नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिने निर्णय भएको छ ।” मोरङ जिल्ला साविक लेटाङ गाविस वडा नं १ को ०–४–१६ बिघा सार्वजनिक जग्गा ३० वर्षका लागि प्रहरी चौकी बुधबारे लेटाङलाई प्रयोग गर्न स्वीकृति दिने र काठमाडौँ जिल्ला साविक थानकोट गाविस वडा नं २ को २३–०–०–० रोपनी सरकारी जग्गा चन्द्रागिरि नगरपालिकालाई १५ ९पन्ध्र० शय्याको आधारभूत अस्पताल निर्माणार्थ उपयोग गर्न स्वीकृति दिने सरकारको निर्णय छ ।

यही फागुन २८ देखि चैत ४ गतेसम्म संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डिसीमा हुने यातायात क्षेत्र व्यवस्थापनसम्बन्धी कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालाई सहभागी हुन स्वीकृति दिने पनि सरकारको निर्णय छ ।

सरकारले नेपाल इञ्जीनियरिङ परिषद्को अध्यक्ष पदमा ई डा पदमबहादुर शाही, उपाध्यक्ष पदमा ई डा विकास अधिकारी र सदस्यमा ई डा रेश्मा श्रेष्ठलाई मनोनयन गर्ने भएको छ । यही फागुन ११ देखि १२ गतेसम्म स्वीट्जरल्याण्डमा हुने बिरामीको सुरक्षासम्बन्धी सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई सहभागी हुन स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय छ । स्वास्थ्य सेवाका विभिन्न समूहका अधिकृतहरूलाई स्वास्थ्य सेवाका एघारौँ तहमा बढुवा नियुक्ति गरी पदस्थापन गर्ने सरकारको निर्णय छ ।

  • ५ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !