खप्तडटिभीका प्रधानसम्पादक गणेश विकमाथि समाचार लेखेको विषयमा सांघातिक हमला

आजभोलि

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य एवं खप्तड टिभी डटकमका प्रधानसम्पादक गणेश विकमाथि समाचार लेखेको विषयमा सांघातिक हमला भएको छ ।

नेपाल पत्रकार महासंघ र काठमाडौं शाखाका अनुसार फागुन २ गते मंगलबार समाचार संकलनका क्रममा पशुपति क्षेत्रस्थित कैलाश डाँडामा पुगेका पत्रकार विकलाई बिनाकारण अज्ञात समुहले कुटपिट गरी घाइते बनाएको थियो । उक्त घटनाको निन्दा गर्दै नेपाल पत्रकार महासंघ र काठमाडौं शाखाले एक विज्ञप्ति जारी गर्दै कडा शब्दमा भर्त्सना गरेको छ।

पत्रकार विकको पत्रकारिता क्षेत्रमा लामो अनुभव छ। (रेडियो मितेरी, सुचनादैनिक,साइपालपोष्ट, कान्तिपथडटकम, फरक नेपालडटकम) मिडियामा काम गर्दै आएका थिए भने, पछिल्लो समय काठमाडौं राजधानीमा आफ्नै मिडिया खप्तडटिभी डटकम नामक अनलाइन डिलिट पत्रिका खोलेर खोज पत्रकारिता गरिरहेका थिए । उनि यति मात्रै हैन, राष्ट्रिय दलित पत्रकार संघ, उपत्यका प्रदेशका उपाध्यक्ष, समाजवादी प्रेस संगठन नेपाल, काठमाडौं शाखाका सहसचिव, नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाका सदस्यसमेत रहेका छन्। उनी नागरिकहब डटकम नामक डिजिटल पत्रिकाका बरिष्ठ सल्लाहकार समेत रहेर स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका हुन्।

महासंघका महासचिव रोसन पुरी र काठमाडौं शाखाका सचिव महेश्वर गौतमद्वारा प्रेसित विज्ञप्तिमा पत्रकार विकमाथि भएको कुटपिटको यो घटना प्रेस स्वतन्त्रताविरोधी काम भएको जनाएको छ।

यस्तै, महासंघ प्रेसविरोधी यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दछ । घटनामा संलग्नको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई निर्वाध र निर्भीक रूपमा काम गर्ने वातावरण बनाउन महासंघ सम्बन्धित निकायसँग माग समेत गरेको छ।

  • ५ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !