विदेशी लगानीका कम्पनी दर्ता गर्न छुट्टै डेस्क

आजभोलि

काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी स्थापना गर्न छुट्टाछुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले गत मङ्गलबारदेखि प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी दर्ता गर्न छुट्टै डेस्क सञ्चालनमा ल्याएको हो ।

उक्त डेस्कबाट प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन एवं सार्वजनिक निजी साझेदारी ऐनले तोकेको प्रक्रिया पूरा गरी दर्ता भएका कम्पनीका काममा एकरूपता हुने अपेक्षा गरिएको उक्त कार्यालयले जनाएको छ ।

कम्पनी रजिष्ट्रार महेश बरालले नेपालमा लगानीको वातावरण निर्माण तथा सुधारमा सकारात्मक भूमिकामा निर्वाह गर्ने अपेक्षाले छुट्टै डेस्क सञ्चालनमा ल्याइएको बताए ।

उक्त डेस्कले कम्पनीको प्रस्तावित नामलाई छोटो माध्यमबाट स्वीकृत गर्नेछ भने सम्बन्धित कम्पनीले प्रबन्धपत्र तथा नियमावली तयार पारी पेस गरेपछि कम्पनी दर्ताका लागि सहजीकरण गर्नेछ । डेस्क स्थापना पश्चात् प्रत्यक्ष विदेशी लगानी भएका कम्पनी दर्ता एवं विदेशी कम्पनीको शाखा र सम्पर्क कार्यालय दर्ताका लागि दस दिनभित्र काम सम्पन्न हुने कार्यालयले जनाएको छ ।

कार्यालयले अनलाइनमार्फत आफूँ सम्वद्ध कम्पनीको विवरण प्रविष्ट गर्दा प्रत्यक्ष विदेशी लगानी कम्पनी (शाखा वा सम्पर्क कार्यालय समेत) भएको मेन्यु छनोट गरी विवरण पेस गर्नुपर्ने जनाएको छ । पेस भएका निवेदनको अलग्गै सूची तयार हुने र सम्बन्धित डेस्कले शीघ्र निवेदनअनुसार जानकारी गराउने प्रबन्ध मिलाइएको कार्यालयले जनाएको छ ।

  • २९ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !