खानेपानी ट्याङ्कीमा ‘जिपिएस’

आजभोलि

दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी योजना निर्माण सम्पन्नपछि दिगो रुपमा सञ्चालन गर्नका लागि प्रत्येक खानेपानी ट्याङ्कीमा सो उपकरण जडान गरिइएको हो ।

यसले उपभोक्ता समिति तथा स्थानीय तहलाई जिम्मेवार बनाउन सहयोग पुग्ने जनाएको छ । खानेपानी सरसफाइ तथा स्वच्छता आयोजनाले कर्णाली प्रदेशमा पहिलो पटक नौमूले गाउँपालिकाबाट ‘टेंक अलर्ट’राख्न सहयोग गरेको हो ।

नेपाल सरकारले फिनल्यान्ड सरकार र युरोपियन युनियनको आर्थिक एवं प्राविधिक सहयोगमा सो आयोजना कार्यान्वयनमा ल्याएको हो । नौमूलेको सात खानेपानी योजना र एक विद्यालय गरी ३५ स्थानमा जिपिएस टेंक अलर्ट राखिएका छन् । कर्णाली प्रदेशको सुर्खेतबाट निरीक्षण गरी अवस्थाको तथ्याङ्क लिने काम भइरहेको र केही समयपछि गाउँपालिकामै अवस्था पहिचान हेर्न सकिने वास सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

कर्णाली प्रदेशमा कति खानेपानी योजना सञ्चालन छन् कति बिग्रएका छन् र कति पूर्ण रुपमा क्षति भएका छन् त्यसको लेखाजोखा डिजिटल माध्यममा जानकारी नभएको बताइएको छ । आयोजनाले कर्णालीका २१ पालिकामा निर्माण सम्पन्न भएका खानेपानी योजनामा जिपिएस जडित टेंक अलर्ट जडान गर्ने जनाएको छ ।

  • ३ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !