मदरसा नुरुलहोदाको पठनपाठन अब भवनबाट

आजभोलि

काठमाडौँ । पाल्पा रामपुरको इस्लामपुरस्थित मदरसा नुरुलहोदाको पठनपाठन अब आफ्नै भवनबाट थालिएको छ । यसअघि भवन अभावका कारण यहाँका विद्यार्थीलाई चउरमा राखेर पठनपनठन गरिँदै आएको थियो ।

इस्लामपुरमा मुस्लिम समुदायको बाक्लो बस्ती छ । यहाँका मुस्लिम समुदायका बालबालिकालाई लक्षित गरी २०६७ सालमा मदरसा नुरुलहोदामा प्राथमिक तहको पढाइ सञ्चालन गरिएको थियो । सुरुआतमा चन्दा उठाएर प्राथमिक तहको पठनपाठन सञ्चालन गरिएको थियो । उक्त विद्यालयमा अहिले पूर्वाधार निर्माण गरिएको छ । “चउर तथा बाहिर खुल्ला स्थानमा पठनपाठन गर्नुपर्ने अवस्था हटेको छ”, प्रधानाध्यापक नगेन्द्रप्रसाद काफ्लेले भने ।

जिल्ला शिक्षा समन्वय इकाई र जनश्रमदानबाट नयाँ भवन निर्माण गरी पठनपाठन भइरहेको प्रधानाध्यापक काफ्लेले बताए । उनका अनुसार इकाईले रू १६ लाख अनुदान दिएको थियो भने रू एक लाख ५७ हजार बरारबरको जनश्रमदान गरिएको हो ।

विद्यालयमा हाल तीन पक्की भवन निर्माण गरिएका छन् । एघार कोठमा नेपाली, अङ्ग्रेजी र उर्दू भाषामा पठनपाठन हुन्छ । विद्यालयमा ६० विद्यार्थी अध्ययनरत छन् । विद्यालयका संस्थापक अध्यक्ष हाजी हजिलदिन मियाँले विगतमा चन्दाको भरमा सञ्चालन भएको विद्यालयले हाल आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि आवासीय सुविधासहितको व्यवस्था गरेको छ ।

नर्सरीदेखि पाँचसम्म पढाइ हुने यस विद्यालयमा स्थायी दरबन्दीमा तीन, अन्य स्रोतबाट १० शिक्षक तथा एक कार्यालय सहयोगी कार्यरत छन् । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विद्यालय सञ्चालन गर्न पालिकाले पूर्वाधारसहित आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

  • ५ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !