साङ्लोले बाँधेर राखिएका युवकको उद्धार

आजभोलि

उदयपुर। उदयपुरमा छ वर्षदेखि साङ्लोले बाँधेर राखिएका युवकको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएका त्रियुगा नगरपालिका–६ लालपत्ताका २१ वर्षीय रामबहादुर परियारको उद्धार गरिएको हो ।

त्रियुगा नगरपालिकाको पहलमा उनको उद्धार गरिएको नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले जानकारी दिए । रामबहादुरलाई लालपत्तास्थित उनकी दिदी हस्तमायाको घरबाट उद्धार गरी मानव सेवा आश्रम हेटौँडा पठाइएको छ । त्रियुगा–६ का वडाध्यक्ष योगेन्द्र दाहालका अनुसार रामबहादुरको उपचारमा लाग्ने सबै नगरपालिकाले बेहोर्ने छ ।

विसं २०७४ देखि रामबहादुरले मानसिक सन्तुलन गुमाएका थिए । उनका बुबाको २०७५ सालमै निधन भएको थियो । त्यसपछि रामबहादुरलाई दिदी हस्तमायाको घरमा साङ्लोले बाँधेर राखिएको वडाध्यक्ष दाहालले बताए ।

  • ५ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !