मिटरब्याजीपीडित काठमाडौँसम्म पैदलयात्रामा

आजभोलि

सर्लाही । मधेस प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौँको पैदलयात्रामा निस्केका छन् । स्थानीयस्तरमा पटकपटक आन्दोलन गर्दा न्याय नपाएपछि मधेस प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौँका लागि पैदलयात्रामा निस्केका हुन् ।

मिटरब्याजविरुद्धको सङ्घर्ष समितिको नेतृत्वमा सरकारलाई घचघच्याउन मधेस प्रदेशका मिटरब्याजपीडित काठमाडौँका लागि पैदलयात्रामा निस्केका छन् । पीडक साहु महाजनविरुद्ध चरणबद्धरुपमा आन्दोलन सुरु गरेका मिटरब्याजपीडित सरकारलाई आफ्ना गुनासा र समस्या सुनाउन भन्दै काठमाडौँसम्मको पैदलयात्रामा निस्केको महोत्तरीका मिटरब्याजपीडित मनोज पासवानले जानकारी दिए ।

उनका अनुसार मिटरब्याजी साहु महाजनले मधेस प्रदेशका आर्थिक अवस्था कमजोर रहेका धेरै मानिसलाई दुःख दिएका र त्यसबाट मुक्ति पाउनका लागि अभियान सुरु गरिएको हो । सर्लाहीबाट सङ्घर्ष समिति गठन गरेर करिब चार वर्ष पहिलादेखि सुरु भएको मिटरब्याज पीडितको आन्दोलन अहिले मधेस प्रदेशका साथै देशभरका धेरै स्थानमा सुरु भइसकेको छ ।

स्थानीयस्तरबाट आन्दोलन गर्दा आफ्ना माग नसुनेका कारण पैदलै गएर सरकारलाई आफ्ना समस्या सुनाउन काठमाडौँका लागि पैदलयात्रामा निस्केका मिटरब्याजपीडित पासवानले बताए ।

सप्तरीदेखि पर्सासम्मका मिटरब्याजपीडित एक भएर पीडक साहु महाजनविरुद्ध चरणबद्धरुपमा आन्दोलन जारी राखेका र अहिले पैदलै हिँडेर काठमाडौँ पुगी सरकारलाई आफ्ना समस्या सुनाउने भन्दै सिरहाकी मिटरब्याजीपीडित ममतादेवी रायले बताए ।

पीडित रमेश बुढाथोकीका अनुसार यसअघि काठमाडौँमा समेत आन्दोलन भएका र सरकाले मिटरब्याजी पीडितको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको भए पनि अहिलेसम्म सरकारले कुनै प्रकारका ठोस नीति नल्याएका कारण मिटब्याजीपीडित थप मारमा परेका छन् ।

 

  • ५ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !