मन्त्री किरातीको शब्दमा ‘पहराकी फुल’

आजभोलि

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्वारा रचित शब्दमा ‘पहराकी फुल’ विमोचन भएको छ ।

मन्त्री किरातीले सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा म्युजिक भिडियो विमोचन गरेका हुन् । उनले आफ्नो गाउँको सम्झनामा गीत लेखेको बताए । उनले भने, “संयोग पनि माला जस्तै रहेछ, एउटा चुँडियो भने सबै भुइँमा झर्ने । हवाई जहाजमा हिँड्दा हिँड्दै गाउँको याद धेरै आयो । त्यही बेला लेखेको गीत हो यो, अहिले पदीय जिम्मेवारीमा रहँदा विमोचन गर्ने अवसर मिल्यो ।”

विमोचन कार्यक्रमका अवसरमा उनले आज सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा शहीदहरुको योगदानको स्मरणसमेत गरे । “आजकै दिन काभ्रेको अनेकोटमा च्याङ्बा लामासहित चारजना कलाकारले सहादत प्राप्त गरेका थिए । उहाँहरुको सम्झना र सम्मानमा यो गीत सार्वजनिक गरिएको हो,” उनले भने ।

पहराकी फुल’ गीतको सङ्गीतकार शान्ति राई, गायक रुपकुमार राई र निर्देशन किरण चाम्लिङ्को रहेको छ ।

 

  • ५ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !