‘दक्ष जनशक्तिलाई स्वदेशमै रोकौँ’

आजभोलि

लुम्बिनी । बुटवलका शिक्षण संस्थामा अध्ययन गरेका जनशक्तिलाई विदेश जानबाट रोक्न तीन तहकै सरकारले आवश्यक योजना बनाउनुपर्नेमा जोड दिइएको छ ।

बुटवल उपमहानगरपालिकाले आज नगरभित्रका शैक्षिक संस्थाका अगुवाहरुसँग गरेको छलफलका वक्ताले देशमा हाल उपलब्ध जनशक्तिकै खपत हुन नसकेकाले यस्ता दक्ष जनशक्तिसमेत विदेश पलायन हुन बाध्य भएको बताए । उनीहरूलाई स्वदेशमै राख्न आवश्यकपर्ने नीति तथा कार्यक्रम तीनै तहका सरकारले ल्याउनुपर्नेमा जोड दिइएको हो ।

सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकहरूले बुटवल शिक्षाको क्षेत्रमा अग्रणी रहेको भन्दै उपलब्ध जनशक्तिलाई खपत गर्ने नीति ल्याउनुपर्ने बताए । उनीहरूले बुटवलभित्रका सामुदायिक विद्यालयका शैक्षिकस्तर सुधार गर्दै देशमै उदाहरणीय नगरका रुपमा स्थापित गर्न साथ दिने बताए ।

संस्थागत विद्यालयका अगुवाहरूले विद्यालयले स्तरीय शिक्षा प्रदान गर्न करोडौँ लगानी गरे पनि लगानी सुरक्षित हुने र अभिभावकले जिम्मेवारी बोध गर्ने वातावरण बिग्रँदै गएको भन्दै सरकारी नीतिमा सुधार ल्याउनुपर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको शिक्षा क्षेत्रमा थप सुधार ल्याउन सार्वजनिक र संस्थागत विद्यालयले अझै मेहनत गर्नुपर्ने बताए । बुटवल शैक्षिक हबका रुपमा चिनिए पनि बजारले माग गरेअनुसार सीप र प्राविधिक क्षेत्रमा कमजोर रहेकाले आगामी दिनमा सुधार गर्दै जानका लागि प्राविधिक शिक्षामा जोड दिन उनले आग्रह गरे ।

उनले सामुदायिक र संस्थागत विद्यालयहरूले किताबी ज्ञानका साथसाथै अनुशासनमा जोड दिनुपर्ने र कुलतमा फस्नबाट जोगाउने गरी नैतिक शिक्षा दिनुपर्नेमा जोड दिए ।

 

  • ५ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !