बझाङ केदारस्युँ गाउँपालिकामा राष्ट्रिय गान पछि कार्यालयको काम सुरु

आजभोलि

अर्थ जङ्ग शाही
बझाङ । बझाङको केदारस्युँ गाउँपालिकाले कार्यालयको काम सुरु गर्नु अघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ । राष्ट्रिय गानको सम्मान र जिम्मेवारीता बढाउन कार्यालय सुरु हुनुअघि राष्ट्रिय गानमा सरिक भएर मात्रै कर्मचारी र जनप्रतिनिधिले काम सुरुवात गर्नेछन् ।

गाउँपालिकाले कार्यालय समय सुरु हुनु भन्दा पहिला राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको जनाएको छ । प्रत्येक दिन कार्यालय समय सुरु हुनु पूर्व राष्ट्रिय गान गाएर मात्रै काम सुरु गर्ने गरी अघि बढिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले जानकारी दिए ।

उनले राष्ट्रिय गानपश्चात गाउँपालिकाको सेवा प्रवाह तथा गतिविधिबारे कर्मचारीहरुलाई जानकारी गराउन पनि सहज हुने बताए ।

यस्तै, राष्ट्रिय गानलाई निरन्तरता दिने र आम नागरिकलाई नयाँ सन्देश दिन खोजेको उनको भनाइ छ । उनले सम्पूर्ण कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिइएको बताए ।

  • ९ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !