मनाङबाट ५२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने

आजभोलि

मनाङ । शैक्षिकसत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

मनाङमा छात्रा ३१ र छात्र २३ परीक्षामा सहभागी हुने उनले बताए । “यहाँबाट परीक्षामा कम नै परीक्षार्थी हुन्छन्, मनाङ विकट जिल्ला र यहाँबाट विभिन्न विपद्का कारण विद्यार्थी घटेपछि अझ कम भए”, चपाईंले भने । जिल्लाका तीन विद्यालयमा परीक्षा केन्द्र तोकिएको उनले बताए ।

उनका अनुसार चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय, थोंचेस्थित प्रकाशज्योति माध्यमिक विद्यालय र मनाङ ङिस्याङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । खुलातर्फबाट छ छात्रले यस शैक्षिकसत्रमा परीक्षा दिन फाराम भरेका उनले बताए ।

लोकप्रियबाट छ खुलासहित गरी १७ छात्रा र सात छात्रले परीक्षा दिनेछन् । प्रकाशज्योतिबाट नौ छात्रा र आठ छात्र तथा अन्नपूर्णबाट तीन छात्रा र दुई छात्र परीक्षामा सहभागी हुनेछन् । लोकप्रिय र प्रकाशज्योतिका एक/एक विद्यार्थीले रजिस्ट्रेशन फाराम भर्न अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

ऐच्छिक प्रथमतर्फ मनाङमा प्राविधिक, अर्थशास्त्र र भूगोल विषय पढाइ हुन्छ । त्यस्तै ऐच्छिक द्वितीयतर्फ बाली विज्ञान, लेखा र शिक्षा विषयको पठनपाठन हुने गरेको छ ।

 

  • ९ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !