नवनियुक्त प्रहरी महानिरीक्षक सिंहलाई दज्र्यानी चिन्ह प्रदान

आजभोलि

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले नवनियुक्त महानिरीक्षक सिंहलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

कार्यक्रममा सचिव सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यकता रहेको बताए । “अनुशासित, स्वच्छ र व्यावसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्न सक्छ”, उनले भने । उहाँले समाजमा प्राविधिक गतिविधिमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यकता रहेको बताए ।

सचिव सिंहले अनुशासनहीनता, लापर्वाही र भ्रष्टाचारजन्य क्रियाकलापलाई शून्य सहनशीलतामा लैजानुपर्ने उल्लेख गरे । प्रहरी प्रशासनले सबैले देख्नेगरी सुधारको काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

उनले प्रहरी प्रशासनमा अझै पनि पूर्णरुपमा सुधार नदेखिएको जनाउँदै प्रहरी प्रशासनको आन्तरिक सुदृढीकरण गरी समाजका बेथिति र अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताए । उनले प्रहरीले गर्ने राम्रा काम र विगतमा भएका त्रुटि लुकाएर प्रशासन बलियो नबन्ने जनाउँदै प्रहरीमा सुधार आवश्यक रहेको बताए ।

उनले अपराधको रोकथाम र अनुसन्धानमा कुनै पनि बहाना तथा विकल्पविना काम गर्ने प्रतिबद्धता जनाए । शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानुनी राज्यको प्रत्याभूति दिलाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रहरी महानिरीक्षक कुँवरले अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने बताए । कुँवरलाई सरकारले शुक्रबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

  • १२ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !